
धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कैलालीको कैलारी गाउँपालिका २ का ८३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासमा समस्या देखिएपछि मंसिर १५ गते अस्पताल भर्ना भएका उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।