• बिहिबार, साउन १४ २०८३

सरकारले विद्यालयमै पुगेर ‘मोडर्ना’ खोप दिने तयारी


शुक्रबार, मंसिर २४ २०७८
885
Shares

सरकारले विद्यालय तहमा अध्ययनरत १८ लाख बालबालिकालाई विद्यालयमै पुगेर कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ।

आगामी पुस ४ गतेदेखि करिब १८ लाख बालबालिकालाई विद्यालयमै पुगेर कोरोना भाइरसविरुद्धको ‘मोडर्ना’ खोप दिने तयारी स्वास्थ्य मन्त्रालयले गरेको हो।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालका अनुसार पुस ४ देखि १४ गतेसम्म देशका ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणको खोप दिइने छ।

त्यसैगरी दोस्रो चरणको खोप माघ २ देखि १२ भित्र सञ्चालन गर्ने सरकारको तयारी छ। जिल्ला शिक्षा कार्यालय र विद्यालयहरुसँग समन्वय गरेर बालबालिकालाई खोप दिइने दाहालले बताए।

यसअघि फाइजर खोप सञ्चालन भइसकेका १९ जिल्लाबाहेक सबै जिल्लामा मोडर्ना खोप अभियान सञ्चालन गर्ने तयारी सरकारले गरेको हो। सरकारले काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, काभ्रे, कास्की बागलुङ, रुपन्देही, दाङ, बाँके, कैलाली, सुर्खेत र डडेलधुरा जिल्लामा फाइजर खोप अभियान सञ्चालन गरिसकेको छ।

पहिलो चरणमा सरकारले १२ देखि १८ वर्ष उमेर समूहका दीर्घरोगी बालबालिकालाई फाइजर खोप दिएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार