• आइतबार, असोज ४ २०८३

६ सय जना अट्ने हलसहित ५० करोड लगानीको ‘गोरखा गार्डेन’ सञ्चालनमा (फोटाेफिचर)


बिहिबार, मंसिर २३ २०७८
1.7K
Shares

गोरखा । करिब ६ सय जना अट्ने ४ वटा हलसहित ५० करोड लगानीमा बनेको होटल गोरखा गार्डेन सञ्चालनमा आएको छ । गोरखा सदरमुकाममा ४ बर्ष लगाएर निर्माण सम्पन्न भएको गोरखा गार्डेन सञ्चालनमा आएको हो ।

८२ जना शेयर सदस्य रहेको सो होटल करिब ५० करोड रुपैया लगानीमा निर्माण सम्पन्न भएको हो । चितवन स्थित भरतपुर गार्डेन रिसोर्टका सञ्चालकहरुको समेत स्वामित्व रहेको गोरखा गार्डेन १५ रोपानी क्षेत्रफलमा फैलिएको अध्यक्ष ऋषिराम पौडेलले बिहिबार पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

थ्रि स्टार होटल सरह सेवा सुविधा दिने लक्ष्यसहित निर्माण गरिएको सो रिसोर्टमा बिभिन्न क्षेणीका गरी १ सय २५ वटा वेडहरु छन् । होटलमा अत्याधुनिक ४ वटा हलसहित ४६ वटा कोठाहरु ग्राहकलाई उपलब्ध गराउन सकिने अध्यक्ष पौडेलले बताए ।

जसमा २ वटा स्वीट कोट, सुपर डिलक्स १० र डिलक्स ३४ वटा कोठाहरु रहेका छन् । सातौ तल्लासम्म रहेको गोरखा गार्डेनको छैटौ तल्लामा स्विमिङ पुल समेत छ ।

तिनतारे होटलको अनुमती प्रकृयामा रहेको सो रिसोर्टमा गोरखाका ब्यवसायीको ४० र चितवनका ब्यवसायीको ६० प्रतिशत लगानी रहेको उपाध्यक्ष बद्रीबहादुर मास्केले जानकारी दिए ।

भरतपुरमा सफल भएका गार्डेन रिसोर्टका व्यावसायीले गोरखामा होटल संचालन गर्ने योजना २०७२ सालदेखि बनाएका थिए। धार्मिक र ऐतिहासिक रुपमा प्रख्यात गोरखामा होटल बनाउँदा यहाँ आउने पर्यटकलाई सहज हुने सञ्चालक समिति सदस्य केशव देवकोटाले बताए । होटलले बिदेशी पाहुनालाई केन्द्रीत गर्ने रणनीति बनाएको छ।

चितवन, पोखरा, बन्दिपुर र उत्तरी गोरखा आउने पर्यटकलाई गोरखाको होटल सम्म एक–दुई रात ल्याउने योजना सञ्चालकहरुको छ । होटलले ४० प्रतिशत भने आन्तरिक पर्यटकलाई सेवा दिने लक्ष्य लिएको छ।

होटलमा सुन्दर गार्डेन, आकर्षक कोठा, साना ठुला गरी चारवटा हलहरु रहेको छन् । होटलमा गोरखाको पहिचान दिने मनकामना, गोरखानाथ, कालिक, लिगलिगकोट नामका हल छन्। चारवटा हलमा एकैपटक छ सय जना सम्म अट्नेछन भने तीनसय जना सम्म अट्ने क्षमताको एउटै हल छ।

तस्विरहरु : माेहसिन अलि मियाँ/ सिभिलखबर

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार