• आइतबार, असोज ४ २०८३

बालबालिकालाई तयारी प्याकेटको खाजा नखुवाउन विद्यालयलाई निर्देशन


बिहिबार, मंसिर २३ २०७८
590
Shares

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले विद्यालयहरुलाई तयारी प्याकेटको खाजा बालबालिकाहरुलाई नखुवाउन निर्देशन दिएको छ ।

केन्द्रले सबै स्थानीय तहहरुलाई निर्देशन दिँदै केही विद्यालयहरुले बजारबाट तयारी प्याकेटको खाजा खरीद गरी खुवाउने गरेको भन्ने जानकारी आएकाले त्यस्तो तयारी खाजा नखुवाउन निर्देशन दिएको हो ।केन्द्रले सूचना जारी गर्दै सरकारको नीति विपरीत र बालबालिकाको स्वास्थ्य संवेदनशीलतामा असर पर्ने र स्थानीय कृषकको आय स्तरमा सुधार गर्ने समेत दिवा खाजाको लक्ष्य भएको उक्त क्षेत्रमा निरुत्साहन हुने कार्य नगराउन निर्देशन दिएको छ ।

यसका साथै स्थानीय स्तरमा उत्पादन भएका खाद्यवस्तुहरुको उपयोग गरी विद्यालयले साप्ताहिक रुपमा खाजा मेनु तयार गरेर मापदण्ड बमोजिम पकाएर ताजा सफा र सन्तुलित खाजा खुवाउने व्यवस्था गर्न समेत केन्द्रले निर्देशन दिएको छ ।

सरकारले आर्थिक वर्ष २०७७र०७८देखि देशभरका सबै सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका बालबालिकाहरुको लागि दिवा खाजाको व्यवस्था गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार