• आइतबार, असोज ४ २०८३

हेफर ईन्टरनेशनलले गर्यो, ४३ जिल्लाका तीन लाख विपन्न परिवारलाई सहयोग


बिहिबार, मंसिर २३ २०७८
750
Shares

हेफर ईन्टरनेशनल नेपालले ४३ जिल्लाका तीन लाखभन्दा बढी गरिब तथा विपन्न परिवारलाई सहयोग पुर्याएको छ । हेफरले एक सयभन्दा बढी स्थानीय नेपाली गैर सरकारी संस्थासँगको सहकार्यमा तीन लाख नेपालीलाई सहयोग पुर्याएको हो ।हेफर साना किसानको दिगो विकासमा अग्रणी भूमिका खेल्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको रुपमा परिचालित छ ।

हेफरले स्ट्रन्थिङ स्मलहोल्डर्स इन लाईभस्टक भ्यालू चेन’ कार्यक्रम अन्तर्गत सन २०१८–२१ मा मूल्य सृङ्खलामा आधारित बजार प्रणाली विकास तथा प्रबद्र्धन गरी उद्यमी किसानको विकास गर्ने लक्ष्य लिएको छ ।यस कार्यक्रमले १६० संकलन केन्द्र तथा ५२३ शाखा संकलन केन्द्रहरू स्थापना गरेर दूध, तरकारी तथा खसीबोकाको बजारीकरण गर्दै आएका छन् ।

बजारीकरणको क्रममा नियमित ढुवानी सेवाको उपलब्धता प्रमुख समस्या को रूपमा देखा परेको छ । यस समस्याको समाधानका लागि सहकारी तथा हेफर ईन्टरनेशनलको आर्थिक साझेदारीमा ढुवानी साधनहरू सहकारीको स्वामित्वमा व्यवस्थापन गरिएको छ ।

साथै, यस कार्यक्रममा स्थानीय सरकार तथा प्रदेश सरकारबाट पनि आर्थिक स्रोत परिचालन भएको छ । यस कार्यक्रम अन्तर्गत हेफर ईन्टरनेशनल नेपालले पहिलो चरणमा २८ वटा र हाल ४७ वटागरि जम्मा ७५ वटा कृषि सहकारीलाई कृषि ढुवानी को साधन प्रदान गरेको छ ।

यसरी खरिद गरिएका कृषि ढुवानी को साधनको जम्मा मुल्य २२ देखि २४ लाखको ५०५ रकम सहकारीले लगानी गरेको छ भने बाँकी ५०५ रकम हेफरले सहयोग गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार