• आइतबार, भाद्र २१ २०८३

काठमाडौं उपत्यकामा थपिए १४६ संक्रमित


बुधबार, मंसिर २२ २०७८
610
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा १४६ संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ संक्रमित छन्।नेपालमा थप २८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा १२ हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।९ हजार १६८ जनाको पिसिआर परीक्षण र ३००६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

नेपालमा हाल ६ हजार २३९ जना सक्रिय संक्रमित छन्।

३६६ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.८ प्रतिशत छ।

यसको संक्रमणबाट २ को मृत्यु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार