• सोमबार, असोज ५ २०८३

श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको अवस्थाबारे छलफल


बुधबार, मंसिर २२ २०७८
870
Shares

श्रमजीवी पत्रकार ऐनको कार्यन्वयन र जिल्लाको अवस्था बारे अन्तरक्रिया कार्यक्रम भएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको आयोजना र पत्रकार महासंघ गोरखा शाखाको समन्वयमा उक्त कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागीहरुले जिल्लामा न्यूनतम पारिश्रमिक लागु गर्न समस्या भएको, आफैँ संचालक आफैँ कर्मचारी हुँदा कार्यन्वयनमा जटिलता भएको, राजधानीमा रहेका ठुला मिडियाहरुले नियुक्ति पत्र, तलब सुविधा अधिकासंले नदिएको गुनासो गरेका थिए । एउटै ब्यक्ति दुई देखि तीन वटा सम्म संचार माध्याममा आवद्ध भएर काम गर्नुपर्ने अवस्था रहेको गोरखाका संचारकर्मीले बताए ।

नागरिक समाजका अगुवाहरुले संचार क्षेत्रको बिकास र संचारकर्मीको क्षमता अभिवृद्धी गर्न राज्यले बनाएका ऐन नियम कार्यन्वयनमा पनि जोड दिनुपर्ने बताए ।

पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारी, प्रहरी प्रमुख एसपी शेखर खनाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी, पत्रकार महासंघका गण्डकी प्रदेश समिति सचिव कैलाशबाबु श्रेष्ठ, जिल्ला समन्वय अधिकारी नानीबाबु पोखरेल, नागरिक समाजका यदु अधिकारी, स्थानेश्वर दुवाडी, पत्रकार भिमलाल श्रेष्ठ, दिपक श्रेष्ठ महासंघका उपाध्यक्ष नरेन्द्र ढकाल लगायतले धारणा राखेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार