• सोमबार, असोज ५ २०८३

१२ कक्षा पास गरेका विद्यार्थीले आफू पढेकै विद्यालयबाट प्रमाणपत्र पाउने


बुधबार, मंसिर २२ २०७८
685
Shares

भर्खरै कक्षा १२ पास भएका विद्यार्थीले आफू पढेकै विद्यालयबाट मार्कसिट र सर्टिफिकेट पाउने भएका छन्।

राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयबाट विद्यार्थीले प्रमाणपत्र लिन पाउने व्यवस्था गरेको हो। यसअघि कक्षा १२ उतीर्ण विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा पुगेर प्रमाणपत्र लिनुपर्ने बाध्यता थियो।

कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ। बोर्डमा भिडभाड हुन नदिन यसपालि विद्यालयहरूमै प्रमाण पत्र पठाइने र त्यहीबाट विद्यार्थीले लिन सक्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ।

बोर्डले यही मंसिर १७ गते कक्षा १२ को परीक्षाफल प्रकाशित गरेको थियो। गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको परीक्षामा ३ लाख ८५ हजार विद्यार्थीले परीक्षा लिएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार