
अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ ले फेरि आइफोन जित्ने मौका ल्याएको जनाएको छ। कम्पनीका अनुसार ‘खल्ती मा आइफोन १३’ अफर र साथै १ लाख खल्ती पोइन्ट मात्र रू। ५० मा जित्ने अवसर ल्याएको हो। यो क्याम्पेन ५ डिसेम्बर (मंसिर २१) देखि १४ जनवरी सम्म लागू हुनेछ।
प्रयोगकर्ताहरुले यसमा सहभागी हुनको लागि खल्ती एपको फिटरड् सर्विसेशमा गएर ‘खल्ती मा आइफोन’ बाट मात्र रू ५० को रिचार्ज गर्नुपर्ने छ। त्यो रकम प्रविष्ट गरिएको नम्बरमा रिचार्ज हुन्छ। जित्ने सम्भावना बढाउनका लागि प्रयोगकर्ताले कुनै पनि मोवाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न सक्नेछन्। अन्तिममा एक जना भाग्ग्यशाली विजेताले आइफोन १३ प्राप्त गर्न सक्नेछन्।
साथै दैनिक एक जना भाग्यशाली प्रयोगकर्ताले १ लाख खल्ती पोइन्ट्स पाउनेछन्। खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘गत वर्ष हाम्रो आइफोन १२ क्याम्पेनको सफलतापछि हामी अर्को आइफोन अभियानलाई अगाडि बढाउन पाउँदा उत्साहित छौं। यो क्याम्पेन ल्याउनुको मुख्य उद्देश्य प्रयोगकर्तालाई डिजिटल नेपाल को लागि प्रोत्साहित गर्नु हो।’
‘खल्ती मा आइफोन १३’ को विजेता घोषणा क्याम्पेन समाप्त भएको सात दिनपछि खल्तीको फेसबुक पेजमा लाइभ मार्फत लक्की ड्र मार्फत गरिने कम्पनीले जनाएको छ।