• सोमबार, असोज ५ २०८३

बसमा रगत लतपतिएको थियो,बसबाट ४ सय मिटर पर भेटियो सहचालकको शव


बुधबार, मंसिर २२ २०७८
650
Shares

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

गएराति उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । तर, प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन।

आरोपीहरु पक्राउ गरेसँगै थापाको शव परीक्षण (पोस्टमार्टम) का लागि त्रिशूली अस्पतलामा लगिएको छ।

बा२ख ६५८७ नम्बरको बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखुमा शव भेट्टिएको थियो। थापाको हत्यामा संलग्न व्यक्तिलाई पक्राउ गर्न माग गर्दैै पीडित परिवारले मङ्गलबार दिनभर घटनास्थलमा विरोध प्रदर्शन गरेका थिए।

पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए। खड्काका अनुसार थापा कार्यरत बसमा रगत लत्पतिएको पाइएको छ। त्यसभन्दा करिब ४०० मिटर टाढाको दूरीमा शव भेटिएको थियो।

पक्राउ पर्नेमा बसका चालकसमेत छन्। चार जनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि अनुसन्धान सुरु गरेसँगै पीडित परिवारले विरोधका कार्यक्रम स्थगन गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार