• सोमबार, असोज ५ २०८३

अपार्टमेन्टमा जुवा खेलिरहेका १६ जना पक्राउ


बुधबार, मंसिर २२ २०७८
595
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ बिजेश्‍वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ।

काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका-१ घर भएकी ३१ वर्षीया विनिता परियार लगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो।

अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडासहित पक्राउ गरेको हो।

पक्राउ परेकालाई हिरासतमा राखेर जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरी नायब उपरीक्षक मिलन केसीले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार