• बिहिबार, साउन १४ २०८३

हालका भ्याक्सिन ओमिक्रोन भेरियन्टसँग लड्न प्रभावकारीः डब्ल्यूएचओ


बुधबार, मंसिर २२ २०७८
550
Shares

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का एक अधिकारीले संसारमा यतिबेला लगाइँदै गरेको कोरोनाको भ्याक्सिन कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनसँग लड्न सक्षम भएको बताएको छ । डब्ल्यूएचओको बयान त्यतिबेला आएको हो जब दक्षिण अफ्रिकाको एउटा प्रयोगशालामा परीक्षणपश्चात् ओमिक्रोनमाथि फाइजर खोपको आंशिक असर मात्रै देखिएको रिपोर्ट सार्वजनिक भएको छ ।

तर डब्ल्यूएचओका डाक्टर माइक रयानले ओमिक्रोन भेरियन्टमाथि भ्याक्सिनको असर अन्य भेरियन्टको तुलनामा कम हुनेछ भनेर कुनै संकेत नभएको बताएका छन् । डाक्टर रयानले समाचार एजेन्सी एएफपीलाई भने, हामीसँग धेरै नै प्रभावकारी खोप छन् जुन गम्भीर रोग र अस्पतालमा भर्ना हुनुको मामिलामा हालसम्म सबै भेरियन्टविरुद्ध प्रभावकारी प्रमाणित भएको छ । ओमिक्रोनमाथि यसको असर कम छ भनेर सोच्नुको कारण कुनै पनि छैन ।’

उनका अनुसार सुरुवाती आँकडाबाट थाहा हुन्छ कि ओमिक्रोनले डेल्टा र अन्य भेरियन्टको तुलनामा कम व्यक्तिलाई संक्रमित गरेको छ । उनका अनुसार यसले कम गम्भीर हुने दिशामा इशारा गर्छ । दक्षिण अफ्रिकी अनुसन्धानको हिस्सामा रहेका भाइरोलोजिस्ट प्राध्यापक एलेक्स सिंगलका अनुसार ओमिक्रोनको भ्याक्सिन एन्टीबडीबाट बच्ने क्षमता ‘अधुरो’ छ । उनले भनिन्, ‘१२ जनाको रगत परीक्षणको आधारमा गरिएको परिणाममा ओमिक्रोनको खतरा मेरो अपेक्षाभन्दा राम्रो थियो ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार