• सोमबार, असोज ५ २०८३

रियल म्याड्रिड समूह विजेता


बुधबार, मंसिर २२ २०७८
600
Shares

स्पेनिस क्लब रियल म्याड्रिड समूह विजेता बन्दै युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुगेको छ।

घरेलु मैदान सान्टियागो बर्नबेउमा इटालियन क्लब इन्टर मिलानलाई २-० ले हराउँदै रियल समूह विजेता हुँदै अन्तिम १६ मा पुगेको हो।रियललाई जिताउन टोनी क्रुस र मार्को एसेन्सियोले गोल गरे। दुवै टोलीले समूह चरण पार गरेपनि समूह विजेताको छिनोफानो हुने खेलमा रियलले बाजी मारेको हो ।

मंगलबार राति भएको खेलको १७ औं मिनेटमा टोनी क्रुसको गोलबाट रियलले सुरूआती अग्रता लिएको थियो।पहिलो हाफमा १-० ले अगाडि रहेको घरेलु टोली दोस्रो हाफमा थप १ गोल गर्दै जित सुरक्षित गर्‍यो। खेलको ६४औं मिनेटमा निकोलो बरेल्ला सोझै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि इन्टर थप समस्यामा परेको थियो।

१० खेलाडीमा समेटिएको इन्टरमाथि दबाब बनाएको रियलले ७९औं मिनेटमा विंगर मार्को एसेन्सियोले मैदान प्रवेश गरेको पहिलो मिनेटमा गोल गर्दै जित निश्चित गरे।

यो जितसँगै समूह ‘डी’ मा रहेको रियलले ६ खेलबाट १५ अंक बनाउँदै शीर्ष स्थानमा रहेर नकआउट चरणमा पुग्यो। पराजित इन्टर १० अंक जोडेर दोस्रो स्थानमा रह्यो।

यस्तै सेरिफ ७ अंक जोडेर तेस्रो स्थानमा रहँदा साख्तर डोनेस्क २ अंकसहित पुछारमा रह्यो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार