• सोमबार, असोज ५ २०८३

सुकीको जेल सजाय आधा धट्यो,


मंगलबार, मंसिर २१ २०७८
855
Shares

म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीको जेल सजाय सेनाले आधा घटाउने निर्णय गरेको छ। सोमबार म्यानमारको सरकारी एमआरटीभीले सुकीको जेल सजाय चार वर्षबाट आधा घटाएर दुई वर्षमा झारिएको उल्लेख गरेको छ।

सोमबार म्यानमारको न्यपेतस्थित सेनाको अदालतले उनलाई दुई फरक फरक आरोपमा समान दुईरदुई वर्षको जेल सजाय सुनाएको थियो।

गत फेब्रुअरीमा सेनाले कू गरेर सत्ता आफ्नो हातमा लिएसँगै ७६ वर्षीया सुकी म्यानमार नजरबन्दमा रहँदै आएकी छिन्। त्यसयता पहिलोपटक सेनाको अदालतले उनको मुद्दामा फैसला सुनाएको हो। यसअघि म्यानमारको सेनाले उनीविरुद्ध विभिन्न करिब एक दर्जन आरोपमा मुद्दा दायर गरेको थियो।

यद्यपि सुकीले आफूमाथि लगाइएको सबै आरोप अस्वीकार गर्दै आएकी छिन्। म्यानमारका अपदस्थ राष्ट्रपति विन मिन्टलाई सुनाइएको चार वर्षको सजाय पनि आधा घटाइएको सेनाले बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार