• आइतबार, भाद्र २१ २०८३

भविष्यमा देखिने महामारी कोरोना संकटभन्दा घातक हुनसक्ने वैज्ञानिकको चेतावनी


सोमबार, मंसिर २० २०७८
570
Shares

अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन बनाउने प्राध्यापकले भविष्यमा देखिने महामारी वर्तमान कोरोना संकटभन्दा पनि घातक हुने चेतावनी दिएकी छिन् ।

प्राध्यापक डेम सारा गिल्बर्टले ४४ औं रिचर्ड डिम्बलबी लेक्चरमा महामारीको तयारीका लागि थप कोषको आवश्यकता भएको बताउँदै यसो गरे मात्रै प्रकोप रोक्न सक्ने बताएकी छिन् ।

उनले कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनमाथि भ्याक्सिनको प्रभाव कम हुनसक्ने पनि चेतावनी दिएकी छिन् ।​ गिल्बर्टका अनुसार जबसम्म यो नयाँ भेरियन्टबारे थप जानकारी प्रकाशित हुँदैन तबसम्म मानिसहरु थप सावधान रहन आवश्यकता छ ।

उक्त लेक्चरमा उनले भनिन्, ‘कुनै भाइरसले हाम्रो जीवन र हाम्रो आजिविकालाई खतरा निम्त्याइरहेको यो अन्तिम पटक होइन । वास्तविकता त यो हो कि अर्को महामारी अझै खतरनाक हुनसक्छ । यो थप संक्रामक र थप घातक दुबै हुनसक्छ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार