• सोमबार, असोज ५ २०८३

मध्यरातमा राजा कुमारी क्लब फरेनहाइटको स्टेजमा


सोमबार, मंसिर २० २०७८
510
Shares

काठमाडौं । बढ्दै गएको चिसोमा इण्डियन-अमेरिकन र्यापर द राजा कुमारीले काठमाडौंको क्लब फरेनहाइटलाई तताएकी छन् । शुक्रबार राति उनले आफ्ना चर्चित गीतहरुको माध्यमबाट दर्शकलाई झुमाइन् ।

राजा कुमारीको गीतमा रमाउनका लागि बेलुकी ८ बजेबाट नै युवायुवतीको बाक्लो भीड क्लब फरेनहाइटमा लागेको थियो । तर, राजा कुमारी भने मध्यरातमा मात्र स्टेज चढिन् ।

सेतो पहिरनमा अनुहार छोपेर स्टेज चढेकी राजा कुमारीले करिब एक दर्जन गीत प्रस्तुत गरेकी थिइन् ‘के छ नेपाल, सञ्चै हुनुहुन्छ रु’ भन्दै स्टेज चढेकी राजा कुमारीलाई क्लब फरेनहाइटमा उपस्थित सयौं दर्शकले हुटिङ गरेर साथ दिए ।

उनले आफ्नो चर्चित गीत ‘सिटी स्लम्स’ प्रस्तुत गर्दा दर्शकले वान्स मोर भन्दै हुटिङ गरेका थिए ।

उक्त गीत राजा कुमारीले दुई पटक गाउनु परेको थियो ।क्लब फरेनहाइटका सीइओ मिलन श्रेष्ठले राजा कुमारीको कन्सर्ट भव्य रुपमा सफल भएको बताए । उनले लामो समयदेखि राजा कुमारीलाई नेपाल ल्याउने प्रयास गरेपनि आफूहरु बल्ल सफल भएको बताए ।

राजा कुमारीको कन्सर्ट हेर्नका लागि युवायुवती रातको २ बजेसम्म क्लब फरेनहाइटमा बसेका थिए । राजा कुमारी कन्सर्टका लागि बिहीबार नेपाल आएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार