• सोमबार, असोज ५ २०८३

३३ किलो सुन काण्डः इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी पक्राउ


सोमबार, मंसिर २० २०७८
505
Shares

३३ किलो सुन काण्डमा इन्टरपोलबाट रेड नोटिस जारी गरिएका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

झापा साविक शिवगंज गाविस-१ ठेगाना भएका ५० वर्षीय कृष्णगोपाल अग्रवाललाई आइतबार प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।३३ किलो सुन काण्डमा गोरे भनिने चुडामणि उप्रेती समेत रहेको आपराधिक समूह स्थापना र सञ्जाल गरी सुनको तस्करी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा उनको संलग्नता देखिएको भन्दै प्रहरीले उनीविरूद्ध रेड नोटिस जारी गरेको थियो।

फरार रहेका प्रतिवादीमध्ये अग्रवाल पनि एक थिए। उनी दुबईबाट नेपाल आउँदैछन् भन्ने सूचनाको आधारमा इन्टरपोल शाखाबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनीविरूद्ध जिल्ला अदालत मोरङबाट समेत वारेन्ट जारी भएको छ।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङको अनुरोधमा २०७५ साउन ८ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउको लागि इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो।

अग्रवाललाई जिल्ला प्रहरी कार्यालय मोरङबाट सम्बन्धित अपराध कसूरमा कारबाही गर्ने गराउने प्रयोजनार्थ हाल महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा राखिएको उक्त शाखाले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार