• सोमबार, असोज ५ २०८३

तनहुँमा गाेली लागेर एक युवककाे मृत्यु


सोमबार, मंसिर २० २०७८
540
Shares

तनहुँ । गाेली लागेर तनहुँमा एक युवककाे मृत्यु भएकाे छ । शिकार खेल्न गएका शुक्लागण्डकी नगरपालिका-१ थप्रेकका १ युवककाे गोली लागेर युवकको मृत्यु भएको हाे ।

आइतबार राति सिकार खेल्न गएका सोही ठाउँकै १७ वर्षीय रोहित मल्लको गाेली लागेर मृत्यु भएको जिल्ला प्रहरी तनहुँले पुष्टी गरेकाे छ ।

गाेली कसरी लाग्याे भन्ने अनुसन्धान भैरहेकाे प्रहरीले बताएकाे छ । प्रारम्भिक अनुसन्धानमा वन्दुक मृतक राेहित मल्लले नै बाेकेकाे बताइएकाे छ । प्रहरीले राेहितसँगै गएका उनकैका छिमकी ४७ वर्षीय सुमन गुरुङलाई गिरफ्तार गरेकाे छ । घटनास्थलबाट बन्दुक पनि बरामद भएकाे छ ।

उनीहरु दुई जना रतनपुर सामुदायिक वनकाे तुरतुरे भन्ने पाखामा शिकार खेल्न गएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार