गोरखा । नेपाल पत्रकार महासंघ गोरखाले शाखाका सबै सदस्यहरुको निशुल्क बिमा गरेको छ ।
सगरमाथा इन्स्योरेन्स प्रालिमार्फत गोरखा शाखामा आवद्ध २९ जना सदस्यहरुको निशुल्क बिमा गरिएको महासंघका जिल्ला अध्यक्ष नरहरि सापकोटाले जानकारी दिए ।
प्रति सदस्य ९ लाख रकम बराबरको बिमा गरिएको अध्यक्ष सापकोटाले बताए । ७ लाख बराबरको दुर्घटना बिमा र एक/एक लाख बराबरको औषधोपचार र घातक रोग बिमा गरिएको उनले जानकारी दिए ।
‘बिमित सदस्यहरु दुर्घटनामा परी मृत्यू सात लाख रकमसम्म पाउछन्,’ उनले भने, ‘कुनै रोग लागेर उपचार गर्न परेमा र घातक रोग लागेमा एक लाख रकम पाउने गरी बिमा गरेका छौँ ।’
बिमा सुविधा सहज रुपमा उपलब्ध गराउन महासंघले कम्पनीसँग सम्झौता गरेको छ । बिमाको सेवा सुविधा लिन झन्झट नहोस् भन्ने उद्देश्यले महासंघले उक्त सम्झौता गरेको सचिव बिकास मरहट्टाले बताए । २९ जना सदस्यहरुको बिमाङ्क रकम २६ करोड एक लाखको रहेको छ ।