• मंगलबार, असोज १३ २०८३

आज देशभर मौसम सफा रहने


सोमबार, फाल्गुन २६ २०७६
1.1K
Shares

आज (सोमबार) देशभर मौसम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

यसैकारण आज कतै वर्षा तथा हिमपातको सम्भावना छैन।

दिउँसोतिर भने देशको पूर्वी पहाडी भेगमा आंशिक (कहिले घाम, कहिले बादल) बदली हुने सम्भावना छ।

यसबाहेक सबै ठाउँमा दिनभर मौसम सफा रहने महाशाखाले सोमबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ।

राति पनि देशभरकै मौसम सफा रहने मौसमविद्ले अनुमान गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार