• बिहिबार, साउन १४ २०८३

विद्यालयबाटै विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिइने


आइतबार, मंसिर १९ २०७८
600
Shares

सरकारले विद्यालयलाई लक्षित गरेर विद्यार्थीलाई कोभिडविरुद्धको खोप दिने तयारी गरेको छ । आगामी जनवरीदेखि विद्यालयमा नै खोप दिन सुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए ।

आज बसेको संसदको शिक्षा तथा स्वास्थ्य समिति बैठकमा मन्त्री खतिवडाले जनवरीदेखि विद्यालयबाटै १२ देखि १८ वर्षसम्मका विद्यार्थीलाई खोप दिने तयारी गरेको जानकारी दिए ।

त्यसका लागि ४० लाख डोज दूर्गम तथा जनघनत्व बढी भएका जिल्लामा फाइजर र सहजै व्यवस्थापन गर्न सकिने जिल्लाहरूमा मोर्डना खोप दिइने परिवार कल्याण महाशाखा प्रमुख डा. विवेक लाल कर्णले बताए ।

सरकारले यो उमेरका बालबालिकालाई दिन ६० लाख डोज फाइजर र ४० लाख डोज मोर्डना खोप ल्याउने निश्चित भइसकेको छ । जनवरीदेखि खोप केन्द्रलाई बढाएर १८ हजार पुर्‍याउनेगरी तयारी गरिरहेको पनि मन्त्री खतिवडाले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार