• सोमबार, असोज ५ २०८३

घरमै सुतिरहेकी महिलालाई मध्यराति उठाएर हत्या


बिहिबार, मंसिर १६ २०७८
595
Shares

महोत्तरीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ।

लोहारपट्टी नगरपालिका ६ लोहारपट्टी बजार नजिक बस्ने सुरेन्द्र मण्डलकी श्रीमती ३४ वर्षीया रुबी मण्डलको हत्या भएको हो। राति आफ्नै घर नजिक अज्ञात समूहले टाउकोसहितको विभिन्न भागमा धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।

बिहान महिलाको हत्या भएको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले मृतकका छोरालाई उद्धृत गर्दै बताए अनुसार राति ढोका लगाएर घरमा सुतिरहेको बेला कसैले बाहिरबाट बोलाएका थिए।

घरबाट ढोका खोलेर बाहिर आएकी रुबीलाई घरबाट केही पर लगेर धारिलो हतियार प्रहार गरी हत्या गरेको उपरीक्षक आचार्यले बताए।

घटनास्थलको अनुसन्धान जारी रहेको र हत्या गर्नेको खोजबिन जारी रहेको उपरीक्षक आचार्यले बताए।

मृतकका श्रीमान वैदेशिक रोजगारमा भारत पन्जाबमा छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार