integtime=1535 A=80 D=128
flashCrossoverCdS=200.00
RESERVED=0
AspectRatio=1.0000
derivativeClipNormal=6
RESERVED=0
chargeFlashTarget=270.00
delayBetweenImagesFlash=0
delayBetweenImagesDaylight= 0.30
jpegCompressionRatio=12
Temperature= 13.50
ImageCount=47

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा बाघको आतंकले स्थानीयमा त्रास बढाएको छ । बुधबार राति सम्पत्तिको नाममा रहेको एउटा भैंसी पनि बाघले खाएपछि मेलम्ची–९ का ओमबहादुर भण्डारी चिन्तित छन् । गाई, भैंसी, गोरु, बाख्रालगायत घर पालुवा पशुहरू गोठमा बाँधिरहेकै अवस्थामा बाघले खाना थालेपछि स्थानीय चिन्तित भएका हन् ।एक हप्तामा बाघको आक्रमणबाट चार पशुचौपायाको मूत्यु भएको छ । बाघ गाउँमा पस्न थालेपछि स्थानीय साँझमै घरभित्र बस्न बाध्य छन् । ‘गोठमै आएर गाईवस्तु खान थालेपछि मानिसमा त्रास बढ्नु स्वभाविकै हो’, मेलम्ची ९ ज्यामिरेका सुनिलकुमार भण्डारीले भने, ‘ज्यामिरेलगायत आसपासका क्षेत्रमा बाघले आतंक मच्चाएको छ ।’स्कुल जाने ससाना बालबालिकामा पनि बाघले आक्रमण गर्ने हो कि भन्ने त्रास अभिभावकमा उब्जिन थालेको छ । विद्यार्थी सुजन भण्डारीले गुनासो गरे, ‘बाघ कतै लुकेर बसेको छ कि भन्ने डरले दिउँसो पनि हिँड्न डर लाग्छ ।’
स्थानीय अहिले दिगो समाधानको लागि स्थानीय तहलगायत सरोकारवाला निकायसँग गुहार मागिरहेका छन् । वडा अध्यक्ष कमलबहादुर खड्काले क्षतिको विवरण हेरेर राहतका लागि तत्काल सम्बन्धित निकायलाई जानकारी गराउने र दिगो समाधानका लागि पनि पहल गर्ने बताएका छन्।