• सोमबार, असोज ५ २०८३

वर्षा र राजको प्रेम काहानि


बिहिबार, मंसिर १६ २०७८
475
Shares

काठमाडौं । कलाकारले सामाजिक सञ्जालमा पोष्ट गर्ने तस्वीर र क्याप्सनले धेरै कुरा बोल्छ । कतिपय अवस्थामा कलाकारको तस्वीर र क्याप्सनले उनीहरुको प्रेमजीवनको समेत चित्रण गर्छ ।

नायिका वर्षा सिवाकोटी गत वर्षदेखि कलाकार राज कटुवालको प्रेममा छिन् । राज र वर्षाको प्रेम नेपाल हुँदै दुबईमा समेत छल्किसकेको छ । आजकल वर्षा मायाप्रेम कुरा निक्कै गर्न थालेको चर्चा छ ।चारवटा चलचित्र रिलिजको प्रतीक्षामा रहेकी यी नायिका राजसँग चाँडै विवाह गर्ने तयारीमा रहेको बताइन्छ । तर, मिडियामा भने वर्षा राजसँग विवाहका विषयमा अहिले नसोचेको बताउँछिन् ।

हालै वर्षाले सामाजिक सञ्जालमा पोष्ट गरेको ‘तिमी पाएँ चाहिँदैन आकाशको जुन’ क्याप्सनले पनि उनी राजको प्रेममा कसरी डुबुल्की मारिरहेकी छन् भन्ने बुझ्न कठिन पर्दैन ।

वर्षा र राज करिअरमा प्रेमको कारणले पनि चर्चामा आउन चाहन्छन् । यसैले पनि उनीहरुले सामाजिक सञ्जालमा एकसाथ बाक्लो उपस्थिति जनाइरहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार