• सोमबार, असोज ५ २०८३

जागिर छोडेर बट्टाई पालनमा तामाङ


बिहिबार, मंसिर १६ २०७८
725
Shares

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–७ का प्रेमसिं तामाङ अहिले बट्टाई चरा पालनबाट राम्रो आम्दामी गरिरहेका छन् । उनले सदरमुकाममा मेकानिक पसल बेचेर व्यावसायिक रुपमा बट्टाईपालनतिर लागेका हुन् । उनले सातामा रु चार हजारको बट्टाईको अण्डा बिक्री गर्दै आएका छन् ।

बजारमा प्रतिअण्डा रु दशमा बिक्री हुँदै आएको छ । मासुका लागि एउटा बट्टाई रु २०० देखि ४०० सम्ममा बिक्री गर्दै आएको तामाङले बताए । लामो समय घडी, रेडियो बनाउने मेकानिक पसल खोलेर बसेको तामाङ बट्टाई चरासँग रमाउन थालेको दुई वर्ष भयो । उनले अहिले घरमा ३०० भन्दा बढी बट्टाई पाल्दै आएका छन् । राम्रो आम्दानीको स्रोतसँगै घरको सन्दर्यसमेत दिने भएकाले बट्टाई व्यवसायबाट आफू सुन्तुष्ट रहेको तामाङको भनाइ छ । उनले भने, “अन्य जिल्लाबाट चल्ला ल्याउन पथ्र्यो ।

बाहिर जिल्लाबाट चल्ला ल्याउँदा धेरै बच्चा मर्ने भएकाले अहिले आफैँ हेचिङ मेसिन बनाएर बच्चा उत्पादन गर्न थालेको छु ।” तामाङ लामो समयसम्म मेकानिक क्षेत्रमा काम गरेकाले बट्ट्राईको चल्ला उत्पादन गर्ने हेचिङ मेसिन ताप्लेजुङमै पहिलोपटक आफैँले बनाएको दाबीसमेत गरे । कृषि क्षेत्रमा राम्रो सम्भावना देखिर फुङ्लिङ नगरपालिका–५ का डिल्ली लिम्बूले एक दशकदेखि सञ्चालन गर्दै आएको कपडा पसल बेचेर अहिले कृषि क्षेत्रमा रमाउन थालेका छन् ।

लिम्बूले पसल बेचेर फुङ्लिङ नगरपालिका–८ मा १०० रोपनी जग्गा खरिद गरेर व्यावसायिक रुपमा मुक्कुमलुङ मोल्टी कृषि फार्म स्थापन गरेसँगै बट्टाई पालन गर्दै आएका छन् । लिम्बूले लोकल कुखुरा, कोरथनाथ कुखुरा, विभिन्न जातका बाख्रा, बङ्गुर, फलफूलतर्फ केरा, सन्तला, कागतीलागयत व्यावसायिक रुपमा उत्पादन गर्दै आएका छन् । त्यसमध्ये बट्टाई पनि एक शाखाको रुपमा व्यावसायिक पालन गर्दै आएको उनले बताए । अहिले र्फाममा ५०० को हाराहारीमा बट्टाई रहेको उनको भनाइ छ । दैनिक ९० भन्दा बढी अण्डा उत्पादन हुँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार