
नेपाली कांग्रेसले आफ्नो आसन्न १४औं महाधिवेशनको लोगो आज (बिहीबार) सार्वजनिक गर्ने भएको छ।
ललितपुरमा बिहीबार बिहान कांग्रेसको महाधिवेशन केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले आज अपराह्न ४ बजे प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले लोगो सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिएका हुन्।‘उत्साह, एकता, रूपान्तरण, सफल पारौं नेपाली कांग्रेसको १४औं महाधिवेशन’ नारा तय गरिएको लोगो सार्वजनिक गर्न लागिएको हो।
कांग्रेसको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्ड, सभागृह, नेपाल पुलिस क्लबमा मतदानको व्यवस्था गरिने उनले जानकारी दिए। उनका अनुसार एक जना मतदातालाई मत खसाल्न ४५ देखि १ घन्टाको समय लाग्नेछ भने उसले २९ मतपत्रमा मतदान गर्नेछ।
‘डिजिटल भोटिङको प्रस्ताव आएको छ, तर फाइनल भएको छैन’, उनले भने।