• सोमबार, असोज ५ २०८३

ललितपुरमा अनधिकृत पार्किङ गर्नेलाई नगर प्रहरीले फिल्डमै जरीवाना तिराउन थाले,


बिहिबार, मंसिर १६ २०७८
890
Shares

ललितपुर महानगरपालिले जथाभावी पार्किङ गरेका सवारी साधनलाई ‘ठाउँको ठाउँ’ जरीवाना गर्न थालेको छ।

महानगरको छैठौं नगर सभाको निर्णय अनुसार सोमबारबाट अनधिकृत रूपमा जथाभावी पार्किङ गरिएका गाडी र मोटरसाइकललाई सम्बन्धित ठाउँमा नै कारबाहीस्वरूप जरीवाना लिन थालिएको नगर प्रहरी प्रमुख सीताराम हाथेछुले सेतोपाटीलाई जानकारी दिए।

अनधिकृत रूपमा पार्किङ गरिएका सवारीलाई पार्किङ स्थलबाट उठाएर अर्को ठाउँमा जरीवाना तिराउँदा सर्वसाधारणले थप झन्झट व्यहोर्नुपर्ने निष्कर्ष निकाल्दै ललितपुर महानगरले ठाउँको ठाउँ जरीवाना गराएर सचेत गराउन थालेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार