गोरखा । एकिकरण नेपाल गोरखाको आयोजनामा गोरखामा ४ दिने विपद जोखिम न्यूनीकरण सम्बन्धिे प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । एइआइफ अवार्ड फन्ड अन्तरगत अमेरिकन दुतावासको आर्थिक सहयोगमा संचालित उक्त तालिममा गोरखा नगरपालिका, वारपाक सुलीकोट गाँउपालिका र सिरानचोक गाँउपालिकावाट कुल ३२ जना शिक्षक शिक्षिकाहरु तालिममा सहभागि भएका छन् ।

विपद जोखिम न्यूनीकरण शिक्षालाई स्थानीयकरण गर्न खेलको माध्यमबाट बिद्यार्थीहरुलाई विपद जोखिम न्यूनीकरण सम्बन्धी सीप प्रदान गर्ने उदेश्यले तालिम दिइएको आयोजकले वताएको छ ।
तालिम अबधिमा शिक्षक/शिक्षिकाहरुले स्थानीय ज्ञान तथा सिपको प्रयोग गरेर विपद् सम्बन्धि खेल सामग्री निर्माण गर्ने तथा उक्त खेल सामग्रीलाइ बिद्यालयमा क्लब तथा अतिरिक्त क्रियाकलाप मार्फत बिद्यार्थीहरुलाई शिक्षित गर्ने उदेश्य परियोजनाले परिकल्पना गरेकोे परियोजनाको व्यवस्थापक दिपक मरहट्टाले जानकारी दिए ।
तालिमको उद्घाटन कार्यक्रममा वोल्दै कार्यक्रमको प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले नेपाल विपद् जोखिमको हिसावले उच्च जोखिममा रहेको जानकारी गराउदै यस्ता खालको कार्यक्रमले वालवालिकाहरुलाई व्यहारिक ज्ञान, सीप र क्षमताको विकास हुने वताए ।
एकिकरण नेपाल गोरखाको सल्लाहकार स्थानेश्वर दुवाडीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्य, डिएसपी, प्रकाश दाहाल, सशस्त्र प्रहरीका डिएस्पी रमेश थापा, एकिकरण नेपाल गोरखाको सल्लाहकार किशोरजंग थापा, पत्रकार महासंघ गोरखाको अध्यक्ष नरहरी सापकोटा लगायतले मन्तव्य राखेका थिए । तालिम सनिवार सम्म संचालन हुनेछ ।