• सोमबार, असोज ५ २०८३

कसैको प्रेममा पौडिरहेको छुः सलोन बस्नेत


बुधबार, मंसिर १५ २०७८
755
Shares

काठमाडौं । नायक सलोन बस्नेतको चर्चा उनले चलचित्रमा निर्वाह गरेको भूमिकाका कारण नै बढी हुने गर्छ । सलोनले बाल्यकालदेखि नै चलचित्र यात्रा शुरु गरेका हुन् ।

उनले अभिनय गरेका पछिल्ला केही चलचित्र हेर्ने हो भने उनी नायकभन्दा पनि चरित्र अभिनेताको रुपमा नै बढी जमेका छन् । यसकारण पनि चलचित्रमा उनी नायकको साथीको रुपमा बढी ‘डिमाण्डेड’ छन् । सलोन हिरो नै भएर काम गरेका चलचित्र भने चलेका छैनन् ।सलोनको जीवनमा प्रेमको चर्चा पनि निक्कै हुने गर्दछ । प्रेमको खबरले उनी बेलाबेलामा राम्रैसँग मिडियामा छाउने गर्छन् ।

यसैबीच, सलोनले अहिले आफू कसैको प्रेममा पौडिरहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘हो, म केही समयदेखि कसैको प्रेममा छु । तर, उनी चलचित्र क्षेत्रभन्दा बाहिरकी हुन् ।’

सलोनले कसैको प्रेममा रहँदा जिन्दगी नै फरक हुने बताए । सलोनले प्रेमिकाको नाम भने खुलाउन चाहेनन् ।

सलोन अभिनित चलचित्र ‘डाँडाको वरपीपल’ केही समयअघि रिलिज भएको थियो । तर, यो चलचित्र बक्स अफिसमा असफल भएको छ । उनी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’ चैतमा रिलिज हुँदैछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार