• सोमबार, असोज ५ २०८३

र्‍यापर साकारले गरे ‘वर्ल्ड टुर’ को घोषणा


बुधबार, मंसिर १५ २०७८
775
Shares

‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकारले मंसिर १८ मा ‘लिटिल बुद्ध लाइभ’ कन्सर्ट गर्ने भएका छन्। उनले तीन वर्षपछि पहिलो पटक कन्सर्ट गर्न लागेका हुन्।

ठमेलको सुगर केटिएममा हुने कन्सर्टसँगै साकारले ‘वर्ल्ड टुर’ को घोषणासमेत गरेका छन्। उनको यो टुरमा र्‍यापर, गायक-गायिका, निर्माता, फेसन डिजाइनर, मोडल, कलाकार र मनोरञ्जन क्षेत्रका कलाकारहरु सहभागी हुने बताइएको छ।

साकार दुई वर्षपछि ‘ड्रागन वर्ल्ड’ नामक एल्बमसमेत सार्वजनिक गर्ने तयारीमा छन्। ‘इपी ड्रागर फायर’ मा रहेर साकारले तीन वटा गीत सार्वजनिक गरिसकेका छन्।

साकारको टुरको व्यवस्थापन पिभिई नेटवर्कले गर्ने छ। ‘हामी नेपाली संगीत र मनोरञ्जनको उद्योगको भविष्यका लागि उत्साहित छौं। हलिउड, बलिउड, के–पप, जापानी मनोरञ्जन उद्योग, युरोप र अमेरिका फेसन हाउससम्म पुग्न लागि हाम्रो टिम प्रतिबद्ध छ’, साकारले भनेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार