• सोमबार, असोज ५ २०८३

हत्या गरिएको अवस्थामा महिलाको शव फेला


बुधबार, मंसिर १५ २०७८
745
Shares

महोत्तरीको लोहारपट्टी नगरपालिका-६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयबासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव उनको आफ्नै घरको बरण्डामा राखिएको अवस्थामा फेला परेको हो।टाउकाभरि घाउ चोट रहेको, अनुहार र शरीरका अन्य भागमा पनि विभिन्न चोटपटक रहेको अवस्थामा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक आचार्यले बताए।

पति सुरेन्द्र रोजगारीका क्रममा भारतको पञ्जाब बस्दै आएका र महिलाको हत्या पारिवारिक समस्याका कारण भएको प्रहरीको प्रारम्भिक अनुमान ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार