• सोमबार, असोज ५ २०८३

सीजीले ल्यायो जाडोमा उपयोगी उपकरण


बुधबार, मंसिर १५ २०७८
740
Shares

इलेक्ट्रोनिक्स ब्राण्ड सीजीले जाडोलाई लक्षित गरेर ‘जाडो हरायो जब सीजी घरमा आयो’ क्याम्पेन अन्तर्गत जाडोमा उपयोगी विभिन्न उपकरणहरू बजारमा ल्याएको छ।

जाडोमा जीवन सहज बनाउने सीजीका यी घरेलु उपकरणहरू उचित मूल्यमा बजारमा उपलब्ध रहेको कम्पनीको भनाइ छ ।

जाडोलाई विशेष लक्षित गरी सुरु गरिएको यस क्याम्पेन अन्तर्गत हिटर, सिजीको गिजर, इलेक्ट्रिक ओभन, इलेक्ट्रिक कित्ली, हट पट, पानी बोतल,डिस्पेन्सर, रुम हिटर जस्ता अत्यन्तै उपयोगी उत्पादनहरू रहेका कम्पनीले जनाएको छ ।

त्यसैगरी, उल्लेखित उत्पादनहरू उपयोगी मात्र नभइ अत्यन्तै टिकाउ र अन्तर्राष्ट्रिय गुणस्तरको रहेका समेत कम्पनीले दाबी गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार