• सोमबार, असोज ५ २०८३

एउटै खेलमा २० गोल, चार खेलाडीको ह्याट्रिक


बुधबार, मंसिर १५ २०७८
670
Shares

महिला विश्वकप छनोटअन्तर्गत मंगलबार राति भएको खेलमा इंगल्याण्डले लाटभियामाथि २०–० गोलको फराकिलो अन्तरको जित हात पारेको छ । इंगल्याण्डको लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित हो।

लाटभियासँगको खेलमा इंगल्याण्डका चार खेलाडीले ह्याट्रिक पूरा गरे। उनीहरुमध्ये एलेन ह्वाइटले इंगल्याण्डको लागि सबैभन्दा धेरै गोल गर्ने केली स्मिथको रेकर्ड पनि तोडेकी छिन्। ह्वाइटले इंगल्याण्डको लागि १०१ खेलमा ४८ गोल गरेकी छिन्।

इंगल्याण्डकी लाउरेन हेम्पले चार गोल गरिन् भने बेथ मेड र एलेसिया रुसोले पनि ह्याट्रिक पूरा गरेका थिए। यसअघि सन् २००५ मा इंगल्याण्डले हंगेरीलाई १३–० गोलले पराजित गरेको थियो। विश्वकप छनोटको समूह डीमा रहेको इंगल्याण्डले खेलेको ६ ओटै खेलमा जित हात पार्दै १८ अंक बनाएको छ।

मंगलबार राति भएका अन्य खेलमा रिपब्लिक अफ आयरल्याण्डले जर्जियालाई ११–० गोल अन्तरले हराएको छ भने स्पेनले स्कटल्याण्डमाथि ८–० को जित हात पारेको छ। त्यस्तै स्वीट्जरल्याण्डले लिथुआनियालाई ७–० ले पराजित गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार