• शनिबार, साउन ९ २०८३

महिला श्रमिक दिवशमा अन्तरकृया


आइतबार, फाल्गुन २५ २०७६
840
Shares

१ सय १० औ अन्तराष्ट्रिय महिला श्रमिक दिवशका अवसरमा सदरमुकाममा अन्तरकृया कार्यक्रम भएको छ ।

लोकतान्त्रिक महिला समाज गोरखाको आयोजनामा दिवशका अवसरमा महिला अधिकार, अवस्था र चुनौती बिषयक अन्तरकृया कार्यक्रम भएको हो ।

समाजकी अध्यक्ष सरुना पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण आलेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बिशेष अतिथी गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, नागरिक साझा सवाल गोरखाका संयोजक स्थानेश्वर दुवाडी, मानवअधिकार सञ्जालका संयोजक यदु अधिकारी, महिला संघका क्षेत्रिय सचिव रिता रेग्मी, समाजकी कोषाध्यक्ष गोमा दुवाडी लगायतले बोलेको सहसचिव कल्पना दुवाडीले जानकारी दिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार