• सोमबार, असोज ५ २०८३

देशभर चिसो बढ्योः काठमाडौंको तापक्रम ६ डिग्री सेल्सियस


बुधबार, मंसिर १५ २०७८
665
Shares

पछिल्लो केही दिन यता काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६.३ डिग्री सेल्सियस मापन गरिएको छ।यस्तै सबैभन्दा कम तापक्रम जुम्लाको रहेको छ। जुम्लाको तापक्रम माइनस ४ दशमलव ८ डिग्री सेल्सियस रहेको महाशाखाले जानकारी दिएको छ। वर्षा र हिमपातको सम्भावना रहेकाले चिसो बढेको बताएको छ।

नेपालमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसकारण बुधबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा बदली रहेको छ। आज सुदूरपश्चिम, कर्णाली र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ती प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना छ।

देशभर चिसो बढेकाले उच्च स्वास्थ्य सावधानी अपनाउन आग्रह गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार