• आइतबार, भाद्र २१ २०८३

विदेशी पर्यटकलाई आजदेखि सिक्किम प्रवेशमा रोक


बुधबार, मंसिर १५ २०७८
630
Shares

विदेशी पर्यटकका लागि सिक्किम प्रवेशमा आजदेखि रोक लगाइएको छ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै सिक्किम सरकारले आज (बुधबार) बिहान ६ बजेदेखि लागू हुनेगरी डिसेम्बर १५ सम्म विदेशी पर्यटक प्रवेशमा प्रतिबन्ध लगाएको हो। ओमिक्रोनको संक्रमण राज्यमा छिर्न नदिन सिक्किम सरकारले सतर्कता अपनाउन सुरू गरेको छ।

राज्यको गृह विभागले मंगलबार एक सूचना जारी गर्दै सिक्किम भ्रमणमा आउने विदेशी पर्यटकलाई इनर लाइन पर्मिट, रेस्टिक्डेट एरिया पर्मिट र प्रोटेक्टेड एरिया पर्मिट जारी नगरिने बताएको हो।

राज्यको गृह विभागले पर्यटन विभागलाई पत्राचार गर्दै सिक्किम घुम्न आउने कुनै पनि विदेशी पर्यटकलाई प्रवेश नदिन र कुनै पनि पर्मिट जारी नगर्न आदेश दिएको हो।सिक्किम सरकारले राज्यमा प्रवेशका लागि बनाएका अन्य नियम यथावत् राखेको छ।

कोरोना संक्रमण कम भएपछि सिक्किम घुम्न आउने देशी–विदेशी पर्यटकको घुइँचो लागिरहेको बेला सरकारले सम्भावित खतरा रोक्न भन्दै प्रवेशमा रोक लगाएको हो।

यसरी विदेशी पर्यटकलाई प्रवेशमा रोक लगाउने सिक्किम भारतको पहिलो राज्य हो।

यसैबीच भारतको केन्द्रीय सरकारले ओमिक्रोन संक्रमण देखिएपछि अफ्रिकी ८ मुलुकबाट भारत आउने आउने यात्रुलाई कडाई गरेको छ। उनीहरूलाई अनिवार्य कोरोना परीक्षण गराउनुका साथै अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्ने नियम बनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार