• सोमबार, असोज ५ २०८३

कलंकीमा भ्यानको ठक्करबाट पैदलयात्री गम्भीर घाइते


बुधबार, मंसिर १५ २०७८
665
Shares

काठमाडौं । काठमाडौंको कंलकीमा भ्यानको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।

मकवानपुरको बागमती गाउँपालिका-३ झुरझुरे घर भई ललितपुरको नख्खु बस्दै आएका ३३ वर्षीय जिम्बा लामा भ्यानको ठक्करबाट घाइते भएका हुन् ।लामाको महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । टाउको र खुट्टामा चोट लागेका लामाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मंगलबार राति करिब साढे १० बजे नम्बर खुल्न नसकेको सेतो भ्यानले लामालाई ठक्कर दिएको थियो । शंकास्पद एउटा भ्यान र त्यसका चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ । अनुसन्धानका लागि सीसीटीभीको पनि सहायता लिइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार