• सोमबार, असोज ५ २०८३

१६ वर्षीया किशोरी बनिन् एक दिनको लागि गापा अध्यक्ष


बुधबार, मंसिर १५ २०७८
800
Shares

सर्लाहीको पर्सा गाउँपालिकामा एक १६ वर्षीया किशोरीलाई गाउँपालिकाको अध्यक्ष पदको जिम्मेवारी दिइएको छ।

स्थानीय पर्सा बाल क्लबकी अध्यक्ष १६ वर्षकी अञ्जली कुमारी साहलाई उक्त गाउँपालिको अध्यक्षको पदमा एक दिनको लागि नियुक्त गरिएको हो ‘सामान्यअवस्था वा कोभिड-१९ को महामारी,बाल अधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ जारी रहेको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानको अवसरमा आज(मंगलबार)एक समारोहको आयोजना गरि गापा अध्यक्ष किशुनदेव रायले साहलाई अध्यक्ष पदको प्रमाणपत्र प्रदान गर्दै गाउँपालिका अध्यक्षको कुर्सी हस्तान्तरण गरेका थिए ।

बालबालिकाको नेतृत्व विकास र बाल सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले उनलाई पदको जिम्मेवारी दिइएको हो । ‘जिल्लामै पहिलोपटक कुनै सर्वसाधारण व्यक्तिलाई एक दिनको लागि यस किसिमको जिम्मेवारी दिइएको छ । यसअघि कुनै पनि पालिका तथा निकायले यस्तो गरिएको थिएन,’ गापा अध्यक्ष रायले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार