• बिहिबार, साउन १४ २०८३

जापानमा पनि भेटिए ओमिक्रोन भेरियन्टका संक्रमित


मंगलबार, मंसिर १४ २०७८
730
Shares

जापानमा मंगलबार एक व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार नामिबियाबाट जापान आएका व्यक्तिमा उक्त संक्रमणको पुष्टि भएको हो।

३० को दशकमा रहेका व्यक्तिलाई एयरपोर्टमा परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि गरिएको थप परीक्षणमा ओमिक्रोन भेरियन्ट रहेको खुलेको हो।

अहिले बिरामीलाई स्वास्थ्य केन्द्रमा राम्रो र उनको क्लोज कन्ट्याक्टहरुको पनि पहिचान गरिएको समाचारमा उल्लेख छ। जापानले मंगलबारदेखि कम्तीमा एक महिनाको लागि आफ्नो अन्तर्राष्ट्रिय सीमा बन्द गरेको छ।

ओमिक्रोन भेरियन्टलाई हालै मात्र विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०ले भेरियन्ट अफ कन्सर्नको रुपमा राखेको छ। यो भेरियन्टमा अहिलेसम्मकै सबैभन्दा धेरै उत्परिवर्तन देखिएको वैज्ञानिकले बताएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार