• सोमबार, असोज ५ २०८३

भोकमरीको खतरा देखिए पछि हुम्लामा हेलिकोप्टरबाट खाद्यान्न ढुवानी


मंगलबार, मंसिर १४ २०७८
805
Shares

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा ७८ क्विन्टल खाद्यान्न ढुवानी गरिएको छ।
नेपाली सेनाको हेलिकोप्टरबाट लिमीमा सोमबारदेखि खाद्यान्न ढुवानी थालिएको हो। लिमीमा खाद्यान्नको चरम अभाव थियो।

प्रमुख जिल्ला अधिकारी गणेश आर्चायका अनुसार चीनसँग जोडिएको हिल्सा नाका दुई वर्षदेखि बन्द हुँदा लिमीमा खाद्यान्न अभाव भएको हो। लामो सयमदेखि खाद्यान्न ढुवानी नहुँदा लिमीमा भोकमरीको अवस्था सिर्जना भएको थियो।

हेलिकोप्टरमा सिमकोट र हिल्साबाट खाद्यान्न लिमी पु¥याइएको हो। लिमीका लागि ५०२ क्विन्टल खाद्यान्न ढुवानी गर्ने तयारी छ।

आज पनि सिमकोट र हिल्साबाट लिमीमा खाद्यान्न ढुवानी गरिने प्रजिअ आचार्यले जानकारी दिए। ढुवानी गरिएको खाद्यान्न लिमी, हल्जी, तील, जाङ र हल्जीमा ढुवानी गरिने वडाध्यक्ष पाल्जोर तामाङले बताए।

खाद्यान्न अभाव भएपछि स्थानीय प्रशासनलाई गुहार्न लिमीबाट २७ सदस्यीय टोली सिमकोट आइपुगेको थियो। खाद्यान्न ढुवानीका लागि पहल गर्न सङ्घीय सांसद् रङ्गमती शाही लिमी पुगेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार