• सोमबार, असोज ५ २०८३

हत्या गरिदिन्छु भनेर धम्की दिनेविरुद्ध कंगनाले दिइन् उजुरी


मंगलबार, मंसिर १४ २०७८
720
Shares

बलिउड नायिका कंगना रनौटलाई हत्या गरिदिने धम्की दिइएको छ ।

त्यसपछि नायिकाले प्रहरीलाई धम्की दिने भठिन्डाका एक व्यक्तिविरुद्ध उजुरी दर्ता गरेकी छिन् । यो कुरा कंगना आफैंले सोसल मिडियामा पोस्टमार्फत् सेयर गरेकी हुन् । यो पोस्टमा कंगनाले एफआईआरको कपी पनि सेयर गरेकी छिन् ।

उनले योसँगै एउटा लामो नोट पनि सेयर गरेकी छिन् ।कंगनाले लेखिन्, ‘मुम्बईमा भएको आतंककारी हमलाका शहीदलाई याद गर्दै मैले गद्दारलाई कहिल्यै माफी नगर्न र नबिर्सिन भनेको थिएँ ।

यस्तो प्रकारको हरेक घटनामा आन्तरिक गद्दारको सबैभन्दा ठूलो हात थियो । नभए पाकिस्तानी आतंकवादीले मुम्बईमाथि हमला नै गर्ने हिम्मत गर्नसक्थे ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार