• सोमबार, असोज ५ २०८३

सिन्धुलीको एक गोदाममा भीषण आगलागी


मंगलबार, मंसिर १४ २०७८
815
Shares

सिन्धुलीको एक गोदाममा भीषण आगलागी भएको छ।

मंगलबार बिहान १० बजेदेखि कमलामाई नगरपालिका–६ रातमाटास्थित गोदाममा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोज लामाले जानकारी दिए।आगलागी कसरी सुरू भएको हो भन्ने खुलिनसकेको उनले बताए। अहिले दुइटा दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

‘त्यहाँ रक्सी, हार्डवेयर, औषधिलगायत सामानको गोदाम हो। अहिले नियन्त्रणमा लिने प्रयास गर्दैछौं,’ उनले भने। कसको गोदाममा आगलागी भएको हो भन्ने अहिले खुलिनसकेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणको लागि स्थानीय, प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार