• सोमबार, असोज ५ २०८३

मानव अधिकार रिपोर्टिङ संयन्त्रबारे गोरखामा दुई दिने तालिम सकियो


मंगलबार, मंसिर १४ २०७८
735
Shares

गोरखा । गोरखा सदरमुकाममा मानवअधिकार रिपोर्टिङ संयन्त्र र नागरिक समाजको भुमिकाका बारे दुई दिने तालिम सकिएको छ ।

मानवअधिकारका क्षेत्र र बिषयसंग सम्बन्धित रिपोर्टिङका संयन्त्रको बारे सोच नेपालको आयोजनामा भएको दुई दिने तालिम सोमबार सकिएको हो । जिल्लाका नागरिक समाज, मानवअधकिारकर्मी, जनप्रतिनिधी, पत्रकार लगायतको सहभागिता रहेको तालिमको अधिवक्ता स्थानेश्वर दुवाडीले सहजीकरण गरेका थिए ।

मानवअधिकार सञ्जाल गोरखाका संयोजक यदु अधिकारीको अध्यक्षतामा भएको तालिममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिममा मानवअधिकार कार्यान्वयन सम्बन्धि राष्ट्रिय पद्धती, मानवअधिकार र नेपालमा संवैधानिक अभ्यास, संविधानमा मौलिक हक, मौलक कर्तब्य, कानूनी ब्यवस्था, मानवअधिकार संरक्षणमा स्थानीय तह, कार्यान्वयनमा देखिएका मुख्य चुनौती, समाधानका उपाय तथा आधारहरु, नागरिक समाज तथा सञ्चार जगतको भुमिकाका बारे छलफल भएको थियो ।

त्यस्तै सहभागीहरुलाई सहजकर्ता दुवाडीले मानवअधिकार कार्यान्वयनमा स्थानीय तह र कार्ययोजनाको महत्व, आवस्यकता, तिनै तहको साझा अभ्यास तथा अधिकार, मानवअधिकार अनुगमन, अभिलेखिकरण तथा प्रतिबेदन, सिद्धान्त, संकलन गर्नुपर्ने सूचना, लगायतका बारे अभिमुखिकरण गराएका थिए ।

तालिमको समापन कार्यक्रममा गोरखा नगरपालिकाका कार्यपालिका सदस्य सावित्रा थापा पुलामी, सामुदायिक वन उपभोक्ता महासंघ गोरखाका अध्यक्ष कमल लामिछाने, मानवअधिकार तथा शान्ति समाज गोरखाका कार्यवहाक सभापति सीताराम तिवारी लगायतले बोलेका थिए ।

गोरखा नगरपालिकाको मानवअधिकार कार्ययोजना निर्माणको तयारीका लागि सरोकारवालाहरुलाई तालिम दिइएको सोच नेपालका जिल्ला प्रतिनिधी मोहसिन अलि मियाँले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार