• सोमबार, असोज ५ २०८३

पब्जीमा खर्च भयो ७ अर्ब डलर


मंगलबार, मंसिर १४ २०७८
730
Shares

काठमाडौं । पब्जी मोबाइल गेम विश्वभर नै निकै लोकप्रिय मोबाइल गेम हो । यो ब्याटल रोयल गेमका पारखीहरुले पब्जीका लागि ठूलै रकम खर्च गरिरहेका छन् ।

एक रिपोर्ट अनुसार पब्जी गेम खेल्नेहरुले हालसम्म यसमा ७ अर्ब डलर भन्दा धेरै रकम खर्च गरिसकेका छन् । यो खर्च एप्पलको एप स्टोर तथा गुगल प्ले स्टोरमा पब्जी एपका लागि गरिएको खर्च हो ।सेन्सर टावरको रिपोर्ट अनुसार पब्जी मोबाइलले सन् २०२१ को तेश्रो त्रैमासिकमा ७७ करोड १० लाख डलर को कीर्तिमानी आम्दानी गरेको छ । रिपोर्ट अनुसार पब्जी मोबाइलले सन् २०२१ मा दैनिक औषत ८१ लाख डलर आम्दानी गरेको छ ।

पब्जी मोबाइलले गरेको आम्दानीमध्ये सबैभन्दा धेरै आम्दानी चीनमा भएको छ । दोश्रो स्थानमा अमेरिका छ ।

पब्जीको गेम फर पीसले चीनमा अहिलेसम्म ४ अर्ब डलर आम्दानी गरिसकेको छ । जुन विश्वव्यापी आम्दानीको ५७ प्रतिशत हो । त्यस्तै अमेरिकामा पब्जीमा गरिएको खर्च पब्जीको कूल आम्दानीको ११.८ प्रतिशत छ । त्यसैग्री ४.२ प्रतिशतका साथ जापान तेश्रो नम्बरमा छ । भारतमा भने पब्जी एप प्रतिबन्धित छ ।

पब्जीमा गेमरहरुले गरेको कूल खर्चको आधारमा एप्पल स्टोलको हिस्सेदारी सबैभन्दा धेरै छ । कूल आम्दानीमा गुगल प्ले स्टोरको हिस्सा १९ प्रतिशत रहँदा बाँकी एप स्टोरको रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार