• सोमबार, असोज ५ २०८३

कोटेश्वरबाट साढे ६ लाख सहित, ५ जुवाडे पक्राउ


मंगलबार, मंसिर १४ २०७८
620
Shares

काठमाडौं । प्रहरीले कोटेश्वरबाट साढे ६ लाख रुपैयाँसहित ५ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी परिसरको टोलीले कोटेश्वरको कोटदेवी मन्दिर नजिक ईश्वर कार्कीको घरमा जुवा खेलिरहेको ठाउँमा छापा हानेर उनीहरुलाई पक्राउ गरेको हो ।काठमाडौं प्रहरीका अनुसार प्रहरी प्रभाग, कोटेश्वरबाट परिचालित टोलीले छापा हान्दा २० बुक ताससहित ६ लाख ५८ हजार तीन सय रुपैयाँ बरामद गरेको छ ।

पक्राउ पर्ने जुवाडेमा घरधनी ईश्वर कार्की, पेप्सीकोलाका नवराज थपलिया, काभ्रेका दीपक तामाङ, दीपक तिम्सिना र रामेछापका सागर केसी छन् । उनीहरुविरुद्ध जुवा ऐन अनुसार कानूनी प्रक्रिया अघि बढ्ने प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार