• सोमबार, असोज ५ २०८३

चोटको कारण नेयमार आठ साता मैदान बाहिर रहने


मंगलबार, मंसिर १४ २०७८
585
Shares

ब्रजिल र पीएसजीका फरवार्ड नेयमार चोटको कारण आठ सातासम्म मैदान बाहिर रहन सक्ने भएका छन्। बीबीसीका अनुसार गोलीगाँठोको लिगामेन्टमा असर परेसँगै उनले अबको आठ साता फुटबल खेल्न नसक्ने भएका हुन्।

पीएसजीले दिएको जानकारीअनुसार आइतबार भएको सेन्ट एटियनविरुद्धको खेलको अन्तिम समयमा उनी चोटग्रस्त भएका थिए। उनले अब लिग वान र च्याम्पियन्स लिगको केही खेल गुमाउनेछन्।

पीएसजी फ्रान्सेली लिग वानमा १२ अंकको अग्रतासहित शीर्षस्थानमा छ भने च्याम्पियन्स लिगमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तिम १६ मा पुगेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार