• सोमबार, असोज ५ २०८३

‘नागिन’को बिहे प्रेमी सुरज नाम्बियारसँग


सोमबार, मंसिर १३ २०७८
840
Shares

भारतीय टेलिभिजनको ‘नागिन’ भनेर परिचित अभिनेत्री मौनी रायले बिहे गर्ने भएकी छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले प्रेमी सुरज नाम्बियारसँग आगामी जनवरीमा विवाह गर्ने भएको कुरा उनकी बहिनीले खुलासा गरेकी हुन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहका उनीहरू जनवरी २७ मा वैवाहिक बन्धनमा बाँधिने भएका हुन्। मौनीकी बहिनीले विवाह इटाली वा दुबईमध्ये एक स्थानमा हुने बताएकी छन्।

दुबई निवासी सुरज बैंकर हुन्। मौनीले कस्तुरी, नागिन, नागिन २, टसन ए इस्क, जुनुन, ऐसी नफरत तो कैसा इस्क, झलक दिखला जा, एक था राजा एक थी रानीलगायत सिरियलमा अभिनय गरेकी छन्। खासगरी ‘नागिन’बाट उनको चर्चा चुलिएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार