• सोमबार, असोज ५ २०८३

पुसमा ढाकाका वस्तु प्रदर्शनी हुँदै


सोमबार, मंसिर १३ २०७८
935
Shares

काठमाडौं । ढाका तथा अल्लोबाट उत्पादित सामग्रीको प्रदर्शनी हुने भएको छ। आगामी पुस २, ३ र ४ गते बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यांक्वीटमा प्रदर्शनी हुने भएको हो।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र नेपाल ह्याण्डलुम तथा ढाका कपडा उद्योगी व्यवसायी संघको आयोजनामा उक्त प्रदर्शनी हुन लागिएको हो।

प्रदर्शनीमा ४० वटा स्टलमध्ये २५ वटा स्टलमा ढाकाका वस्तु र १५ वटा स्टलमा अल्लोका उत्पादन राखिने प्रदर्शनीका संयोजक रमेश श्रेष्ठले जानकारी दिए।

प्रदर्शनीले नेपाली मौलिक उत्पादन ढाकाको प्रचार प्रसारमा सहयोग पुर्याउने आयोजकको विश्वास छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार