• सोमबार, असोज ५ २०८३

साराको सहारा बन्यो ‘गुञ्जन’


सोमबार, मंसिर १३ २०७८
525
Shares

काठमाडौं । करिब दुई वर्षपछि चलचित्र क्षेत्र चलायमान हुन थालेसँगै नयाँ ‘प्रोजेक्ट’ शुरु गर्न निर्माताहरु उत्साहित भएका छन् । यस्तै रोकिएका चलचित्रको छायांकन पनि धमाधम हुन थालेको छ ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको लकडाउनअघि छायांकन हुँदाहुँदै रोकिएको चलचित्र ‘गुञ्जन’को एक गीतको छायांकन दुबईमा भएको छ । यो गीतको छायांकन गर्न दुबई पुगेकी नायिका सारा सिर्पालीको एक तस्वीरले सामाजिक सञ्जालमा राम्रै चर्चा पाएको छ ।

साराले सार्वजनिक गरेको तस्वीरमा उनको सुन्दरताको प्रशंसा भइरहेको छ । साराका लागि चलचित्र ‘गुुञ्जन’ विशेष छ । किनकि, यो चलचित्र बक्स अफिसमा सफल भएको खण्डमा साराको करिअरका लागि सुखद् हुनेछ । यसअघिका तीनवटा चलचित्र असफल भएपछि साराका लागि ‘गुञ्जन’ करिअरको सहारा नै बनेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार