
काठमाडौं । काठमाडौंको टेकुस्थित बागमती नदिमा महिलाको शव भेटिएको छ ।
टेकुस्थित कालोपुल नजिकै बागमतीमा गाडीएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी बृत कालिमाटीका डिएसपी अनिल घिमिरेले बताए ।
सुकुम्बासी बस्ती नजिक फेला परेको शवको पहिचान खुल्न सकेको छैन् । सो शव करिब ४० वर्षकी महिलाको भएको बताइएको छ ।
शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।प्रहरीले शवको पहिचान खुलाउने प्रयास गरिरहेको छ ।